दृष्टिविहीन महिला क्रिकेट: अमेरिकालाई हराउँदै नेपाल सेमिफाइनलमा
मेरोन्यूज
२०८२ कार्तिक ३० गते १८:३०

काठमाडौँ । भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो । यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ । यसअघि श्रीलङ्का र अष्ट्रेलियालाई पराजित गरेको नेपालले भारतसँग भने हार बेहोरेको थियो ।
अमेरिकाले प्रस्तुत गरेको १८ रनको लक्ष्य पच्छाएको नेपाल चार बलमा कुनै पनि विकेट नगुमाइ पूरा ग¥यो । नेपालका लागि दिलसरा धमलाले अविजित १२ रन बनाइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका नौ दशमलव चार ओभरमा सबैै विकेट गुमाउँदै १७ रनमै समेटियो ।
अमेरिकाका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालका लागि दिलसरा धमलाले तीन र सुनिता घिमिरेले समान एक/एक विकेट लिए ।
सम्बन्धित

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
प्रतिक्रिया