एनपीएलको उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग जनकपुर पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले जनकपुरले दिएको १३१ रनको लक्ष्य १८ ओभरमा ५ विकेट क्षतिमा पूरा परेको हो । काठमाडौंले १३२ रन जोड्दै विजय यात्रा थालेको हो ।काठमाडौंको जितमा बेन चार्ल्सवर्थले सबैभन्दा बढी ४६ रन जोडे । उनले २३ बलमा ५ चौका र ३ छक्कासमेत प्रचार गरे ।
ओपनरद्वय बेन र आकाश त्रिपाठीको ७० रनको बलियो साझेदारी सञ्जय कृष्णमूर्तिले तोडेका हुन् । सञ्जयले पहिलो विकेटका रुपमा बेनलाई जोन सिम्पसन मार्फत् क्याच आउट गराएका हुन् ।दोस्रो विकेटका रुपमा भीम सार्की आउट भए । ७ बल खर्चेर ३ रन जोडेका भीमलाई ललित राजवंशीले लाहिरु मिलन्थामार्फत् क्याच आउट गराएका हुन् ।
१५ ओभर ४ बलसम्म क्रिजमा टिकेका ओपनर आकाश त्रिपाठीले ४५ बलमा पाँच चौकाको सहयोगमा ३९ रन जोडे ।
काठमाडौंमा मिलन्द कुमारले २२ बलमा खर्चेर १९ रन जोडे । उनले एक छक्का प्रहार गरे । ६ बल खेलेका जोन सिम्पसनले एक चौका र एक छक्काको सहयोगमा १३ रन जोडे ।
अन्य ब्याटरले जितका लागस दोहोरो अंक बनाउन आवश्यक परेन । गेरहार्ड इरास्मसले एक रन र मोहम्मद आदिल आलमले ८ रन जोड्दा जित काठमाडौंको पक्षमा आयो ।
जनकपुरका कुनै पनि बलरले कमाल गर्न सकेनन् । किशोर महतो, अनि शाह, ललित राजवंशी, जान निकोल लोफ्टी(इटन र सञ्जय कृष्णमूर्तिले समान एक(एक विकेट लिए ।
किशोर यादव खर्चिलो बलर बने । उनले तीन ओभर बलिङ गर्दा एक २८ रन खर्चिए । चार–चार ओभर बलिङ गरेका अनिल शाह र लिलत राजवंशीले समान २६–२६ रन खर्चिए ।















Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया