आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल

काठमाडौं ।आज २०८२ साल मंसिर २ गते मंगलबार। मंसिर कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवनसाथीसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
वृष :प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। अरुलाई उधारो पैसा दिनबाट बच्नुहोला। कामको व्यस्तताले परिवारलाई समय दिन नसकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। बौद्धिक क्षेत्र फराकिलो हुनेछ। उद्योग व्यापारमा विशेष लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
कर्कट : अरुको विषयमा चासो लिँदा आफै समस्यामा परिएला। व्यवहार गर्दा सजग रहनुहोला। स्वास्थ्यमा खानपिनलाई लिएर विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
सिंह : साहसिक कार्य गर्ने समय रहेको छ। मन पर्ने वस्तु उपहार रूपमा प्राप्त होला। नँया योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
कन्या : पठनपाठनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा बोलि बिक्नेछ। आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
तुला : केही पाउनको लागि केही कुरा त्याग गर्नुपर्ला। पायक स्थानमा भ्रमणका योग छन्। मेहनतीहरूको लागि समय लाभदायी रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक :विद्यार्थीहरूमा एकाग्रताको कमीले शैक्षिक क्षेत्रमा बाधा आउनेछ। खर्च गरे पनि सोचेको प्रतिफल प्राप्त नहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
धनु : रोकिएका काम प्रारम्भ हुनाले मनमा उत्साह जाग्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : कृषि र पशुपालनको व्यापारमा फाइदा हुनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ। सरकारी वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ : कृषि र पशुपालनको व्यापारमा फाइदा हुनेछ। विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ। सरकारी वा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
मीन :कार्यक्षेत्रमा सानो काममा पनि धेरै खट्टिनुपर्ला। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया