बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

भजनी (कैलाली)। टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि सो कार्यक्रम थालनी गरेको थियो । बीस वर्षभन्दा अगाडि कुनै छोरीले विवाह गर्न नपरोस् भन्दै सुरु गरेको उक्त कार्यक्रममा हालसम्म एक हजार ४८१ छोरी आवद्ध भएका छन् ।
उनीहरूका नाममा नगरपालिकाले बैंकका खाता सञ्चालन गराएर वार्षिक दरले रकम जम्मा गर्दै आएको छ । उक्त रकम २० वर्ष पूरा भएपछि मात्रै भुक्तानी गर्न पाइनेछ । वार्षिक एक हजारका दरले नगरपालिकाले छोरीका नाममा सञ्चालन भएको खातामा एक हजार जम्मा गर्दै आएको छ ।
जन्मदर्ताका आधारमा आव २०७६÷७७ भन्दा पछि जन्मेका छोरीको बैंक खाता नगरपालिकाले खोलिदिने गरेको छ । टीकापुर –६ का वडाध्यक्ष बलीराम चौधरीले भन्नुभयो“अहिले छोरी जन्मेपछि अभिभावक उत्साहका साथ छोरीको खाता खोल्न सिफारिस लिन आउनुहुन्छ । कार्यक्रमले बालविवाह न्यूनीकरणमा केही वर्षपछि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास हामीले गरेका छौँ ।”










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया