बुधबार, मंसिर ३, २०८२

जेनजी आन्दोलनमा कैलाली जिल्ला अदालतमा आगजनी गर्ने तीनजना पक्राउ

मेरोन्यूज २०८२ मंसिर ३ गते १२:२२

धनगढी । कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत भदौको जेनजी आन्दोलनमा जिल्ला अदालतमा आगजनी गरेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र २४ वर्षीय भरत बम रहेका छन् । उनिहरुमाथी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया