मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तीन जालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
मकवानपुर घर भई ललितपुर बस्ने २० वर्षीय प्रशान्त खत्री, मकवानपुरकै २७ वर्षीय समिर रुम्बा र मकवानपुरका २७ वर्षीय निमा रुम्बालाई पक्राउ गरी आज सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार खत्रीलाई काठमाडौँको तारकेश्वर नगरपालिकास्थित पुरानो गुह्येश्वरीबाट र रुम्बाद्वयलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।
ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ‘ह्विल’ तथा ‘चेनलक’, ‘ह्यान्डिल’ र ‘डिस्कलक’, सुरक्षा साइरनहरू जडान गर्न तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सबैलाई अनरोध गरेको छ ।
कार्यालयले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया