बिहीबार, मंसिर ४, २०८२

यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय

मेरोन्यूज २०८२ मंसिर ३ गते १६:५८

काठमाडौं । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंसिर २ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

यस्तै बैठकले विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा विश्व बैंकसंग वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सरकारले जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

नेपाली सेनाका दुईजना महासेनानीहरूलाई सहायक रथी दर्जामा बढुवा गर्ने, ल्याण्ड फोर्स टकको छैटौं बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौंमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

हेर्नुहाेस् निर्णयहरु

प्रतिक्रिया