ओली-नेपाल वार्ता : नेम्वाङ र रावलको नेतृत्वमा कार्यदल गठन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । दुई नेताबीच सिंहदरबारमा वार्ता भएको हो ।
दुई नेताबीचको वार्तामा कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलको नेतृत्व ओली पक्षबाट सुवास नेम्वाङ र नेपाल पक्षबाट भीम रावलले गर्ने सहमति भएको नेता माधव कुमार नेपालले बताए । उनका अनुसार कार्यदलले तिन दिनभित्र प्रतिवेदन बुझाइ सक्नु पर्ने छ ।
उक्त प्रतिवेदनका आधारमा एमालेभित्रको विवाद समाधान गर्ने दुई नेताको सहमति भएको नेता नेपालले बताए । राष्ट्रिय सभाको उप निर्वाचनका बारेमा कुनै प्रतिक्रिया दिन मानेन्न ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल सदस्य छन्। यस्तै, नेता नेपालका पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन् ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया