ओली-नेपाल वार्ता : नेम्वाङ र रावलको नेतृत्वमा कार्यदल गठन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । दुई नेताबीच सिंहदरबारमा वार्ता भएको हो ।
दुई नेताबीचको वार्तामा कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलको नेतृत्व ओली पक्षबाट सुवास नेम्वाङ र नेपाल पक्षबाट भीम रावलले गर्ने सहमति भएको नेता माधव कुमार नेपालले बताए । उनका अनुसार कार्यदलले तिन दिनभित्र प्रतिवेदन बुझाइ सक्नु पर्ने छ ।
उक्त प्रतिवेदनका आधारमा एमालेभित्रको विवाद समाधान गर्ने दुई नेताको सहमति भएको नेता नेपालले बताए । राष्ट्रिय सभाको उप निर्वाचनका बारेमा कुनै प्रतिक्रिया दिन मानेन्न ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल सदस्य छन्। यस्तै, नेता नेपालका पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन् ।










कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
छिटो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने ८ जना पक्राउ
गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
जेनजी आन्दोलनका घाइतेलाई तत्काल १५ हजार दिने सरकारको निर्णय
पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बढ्यो पेट्रोल र डिजेलको मूल्य
प्रतिक्रिया