नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए।
वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी छन् । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी छन् ।
विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए । वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया