प्रतिनिधि सभा जीवितै छ : ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा जीवितै रहेको बताएका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अध्यादेशबाट बजेट नआउने संकेत दिँदै यस्तो बताएका हुन् ।
अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि पत्रकारसँग कुरा गर्दै उनले प्रतिनिधि सभा जीवितै रहेकाले अध्यादेशबाट बजेट नआउने बताए । पत्रकारको प्रश्नमा ओलीले पार्टीमा देखिएका विवाद समाधान हुने बताए । उनले पार्टीमा देखिएको विवाद समाधान भएकाले अब पार्टी मिल्ने बताएका थिए ।
एमालेका दुई नेताबीच भएको आजको वार्ताले पार्टीमा देखिएको विवाद मिलाउन १० नेताबीचको कार्यदल गठन गरिएको छ । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।
यस्तै, नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । उक्त कार्यदलले तीन दिनभित्र प्रतिवेदन बुझानु पर्ने नेता नेपालले बताएका छन् ।


















चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया