लुम्बिनी लायन्ससँग जोडियो नेपाटप

काठमाडौँ । निर्माण सामाग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेशन आजदेखि शुरु दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी.ले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगको साझेदारीले टोलिलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा नीजि एवं व्यवसायिक क्षेत्रको प्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरे ।
नेपाटप अर्गनाईजेशनका अध्यक्ष दीपक श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलको विकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुद प्रर्वद्धन मार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरुको प्रतिभा प्रष्फुटन गराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरे ।
पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पि.पि.आर. पाइप तथा फिटिङ्गस्, यु.पि.भि.सी. पाइप तथा फिटिङ्गस्, सि.पि.भि.सी. पाइप तथा फिटिङ्गस्, यु.पि.भि.सी. झ्याल ढोका, एच.डि.पि.ई. पाइप, डि.डब्ल्यु, सि. पाइप, स्टेनलेस स्टिल पाइप, स्टेनलेस स्टिल टैंक लगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, ईलेक्ट्रिक गिजर लगायतका सामाग्रीहरु वितरण गरिरहेको स्वदेशी बजारमा प्रचलित ब्राण्ड हो ।
सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाईजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, बरिष्ठ बजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेको उपस्थिति रहेको थियो ।













One person killed, another injured in motorcycle accident
Gold price increases by Rs 600 per tola
३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया