एकैदिन ६ हजार ६४८ जना कोरोनाबाट मुक्त
मेरोन्यूज
२०७८ जेठ २ गते १६:४८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाभित्र ६ हजार ६४८ जना कोरोना भाइरस (कोभिड–१९) मुक्त भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभरबाट कोरोना मुक्त भएर उनीहरू घर फर्किएका हुन् ।
सोही अवधिमा देशभर ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या केही दिनदेखि देखिएको भन्दा कम हो । गत हप्ताभरि कोरोना संक्रमणको दर ९ हजारभन्दा माथि पुगेको थियो ।
यस्तै देशभर आज कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ४५ जना रहेका छन् । यसैगरी, काठमाडौं उपत्यकामा काठमाडौंमा १८८१, भक्तपुर २९२ र ललितपुरमा ४३६ संक्रमित थपिएका छन्।
सम्बन्धित
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया