एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित

काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउँदा पनि हार टार्न सकेन । जिमी नीशमले ४५ रन तथा डान डौथवेटले अन्त्यतिर विस्फोटक ३७ रन बनाएपनि पर्याप्त हुन सकेन ।
पोखराले पावरप्लेमा रनगति बढाउन नसक्दा पराजित हुन पुग्यो । २०-३ को अवस्थाबाट भुर्तेल र नीशमले ७० रनको साझेदारी गरेका थिए ।
सुदूरका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी नरेन साउद र अविनाश बोहराले १-१ विकेट लिए ।











विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया