आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल

काठमाडौं । आज २०८२ साल मंसिर ६ गते शनिबार। मंसिर शुक्ल पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर २२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : स्वास्थ्यमा खानपानलाई लिएर सजगता अपनाउनुहोस्। सम्बन्धमा वैचारिक मतभेद उत्पन्न होला। अरूले नमागी कसैलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
वृष : साझेदारी व्यापारमा लाभ रहनेछ। जीवनसाथीको स्वास्थ्यको कारणले चिन्ता रहनेछ। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन :प्रतियोगि परीक्षामा सफलता मिल्नेछ। फजुल खर्च बढ्नेछ। आवश्यक पर्दा आफन्तहरूको साथ पाइएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : प्रतियोगि परीक्षामा सफलता मिल्नेछ। फजुल खर्च बढ्नेछ। आवश्यक पर्दा आफन्तहरूको साथ पाइएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह :नसोचेको कार्यसम्पादन हुनाले अरु कार्यप्रति उत्साह जाग्नेछ। ठेकापट्टा सम्बन्धी कार्यबाट विशेष लाभ मिल्ला। परिवारमा राम्रो वातावरण छाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कन्या :व्यापार व्यवसायमा लाभ रहनेछ। पशुपालन वा कृषिबाट लाभ प्राप्त गर्न सकिनेछ। चिकित्साको क्षेत्रमा सफलता मिल्नेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
तुला : आफन्तहरू मध्य मेहनतको सम्मान हुनेछ। अधुरा र अपूर्ण कार्य बन्नेछन्। कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव आउनेछ। बोलिको माध्यमले कार्य सिद्ध हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक :तारिफ योग्य कार्यले लोकप्रियता बढाउनेछ। बिशष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अवसरवादीहरूले फसाउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु : पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। कानुन विपरीत कार्य नगर्नुहोला। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस्। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ९ रहेको छ।
मकर : महत्वपूर्ण कार्यको थालनी हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। युवा वर्गहरूलाई करियरलाई लिएर चिन्ता रहनेछ। दाजुभाईमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ : पारिवारिक सद्भाव बढ्नेछ। आफ्नो विषयमा अरुले दाबी गर्न सक्लान। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ पाइनेछ। पिताको कार्यक्षेत्रमा उन्नति हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
मीन :लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। रोकिएका कार्यहरू सम्पादन गर्न सकिनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। धर्म कर्मप्रति मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया