एनपिएलः लुम्बिनी र कर्णालीको खेल सुरु, लुम्बिनीलाई सुरुआती झट्का

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको छ । लुम्बिनीका सन्दीप जोरा एक रनमा आउट भए । लुम्बिनी सुरुआतमा दबाबमा देखिएको छ । यो समाचार तयार पार्दासम्म लुम्बिनीले चार ओभरमा जम्मा एक विकेटको क्षतिमा सात रन बनाएको छ ।
लुम्बिनीको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, सन्दीप जोरा, दिलिप नाथ, डि आर्की सर्ट, गुलबदिन नाइब, जेजे स्मिथ, रुबेन ट्रम्पेलमान, अभिषेस गौतम, शेर मल्ल, समिर अली मसलमान र सुमित महर्जन छन् ।
साथै कर्णाली याक्सको प्लेइङ–११ मा कप्तान सोमपाल कामी, पवन सरार्फ, नजिबुल्लाह जर्दान, अर्जुन घर्ती, गुलशन झा, युवराज खत्री, विपिन शर्मा, नन्दन यादव, प्रियांक पञ्चाल, विलियम बोसिस्टो, मार्क वाट छन् । आज हुने दोस्रो दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्ग्सबीच हुनेछ ।











काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया