चुनावमा भाग लिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित विकास निर्वाचनको हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिएर निर्णय गर्दछ,’ बैठकमा महामन्त्री गगनकुमार थापाले भने ।
कांग्रेसले ११ माघदेखि हुने राष्ट्रियसभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ ।
‘२०८२ साल माघ ११ गते आइतबारदेखि हुने राष्ट्रियसभा सदस्य निर्वाचन र २०८२ साल फागुन २१ गते बिहिबारका दिन हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा तत्काल दर्ता गर्ने निर्णय गर्दछ,’ महामन्त्री थापाले भने ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया