आइतबार, मंसिर ७, २०८२

कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?

मेरोन्यूज २०८२ मंसिर ७ गते १३:५४

काठमाडाैं । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि विराटनगरमा आइतबार बिहान आक्रमणको प्रयास भएकाे छ ।

सुनसरीमा हुने कार्यक्रमका लागि मोरङको विराटनगरस्थित विमानस्थलबाट बाहिरिने क्रममा बस्नेतमाथि केही युवाहरुले आक्रमणको प्रयास गरेका हुन् । उनी चढेको गाडीमा रोतो मसी छ्यापिएकाे थियाे । साथै ती युवाले बस्नेतविरुद्व नाराबाजी समेत गरेका थिए ।

उक्त घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतमलाई नियन्त्रणमा लिइएकाे हाे ।

पक्राउ परेका दुवै युवा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका रहेकाे बुझिएको छ ।

केही दिनअघि मात्रै बाराको सिमरामा हुने एउटा कार्यक्रममा महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितका नेता जाने भएपछि युवाहरूले विरोध गरेका थिए । सिमरामा तनाव भएपछि उनीहरू काठमाडौं विमानस्थलबाटै फर्किएका थिए । तनाव उग्र बन्दै गएपछि यहाँ दुई दिन कर्फ्यु लगाइएको थियो ।

प्रतिक्रिया