सन्दीपको उत्कृष्ट बलिङमा जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित
मेरोन्यूज
२०८२ मंसिर ८ गते १५:३७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्टमाथि रोमाञ्चक जित निकालेको छ।
विराटनगरले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक विजेता जनकपुर बोल्टलाई ९ रनले पराजित गरेको हो।
जनकपुरले १३६ रनको सामान्य लक्ष्य भए पनि ९ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो। विराटनगरलाई जित दिलाउन कप्तान सन्दीप लामिछानेले चार विकेट लिए।
टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया