ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते
मेरोन्यूज
२०८२ मंसिर ९ गते १६:५६

चितवन । ग्यास बुलेटको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार श्रेष्ठको मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका–१० मालपोत चोकमा बुलेटले मोटरसाइकललाई ठक्कर दिएको होे । ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक मृतकका बुबा ५२ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बुलेटका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
सम्बन्धित









जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
मलेसियामा बाढीको कारण १८ हजार भन्दा बढी विस्थापित
सुशासन प्रवद्र्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारीः गृहमन्त्री
पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
लुम्बिनीलाई काठमाडाैंले दियो १५८ रनको लक्ष्य
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
प्रतिक्रिया