कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला आज

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला बोलाएको छ । केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन आह्वान गर्न दबाब दिने उद्देश्यले भेला डाकिएको नेताहरुले बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि मंसिर ११ गते बस्दैछ । सो बैठकबाट विशेष महाधिवेशनको मिति तोकिनुपर्ने माग विशेष महाधिवेशन पक्षधरको छ ।
राष्ट्रिय सभा गृहमा बुधबार दिउँसो १ बजेदेखि भेला आयोजना गरिएको छ । विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेताहरु, जिल्ला सभापतिहरु, नयाँ पुस्ता लगायतले भेलालाई सम्बोधन गर्ने नेताहरुले जानकारी गराएका छन् ।
विशेष महाधिवेशनको मागका लागि हस्ताक्षर संकलनका लागि अगुवाइ गरेका नेता गुरुराज घिमिरेले भेलामा सशक्त र प्रभावकारी हुने बताए ।
विशेष महाधिवेशनका लागि काठमाडौं बाहिरबाट पनि स्वतस्फूर्त रुपमा हस्ताक्षरकर्ताहरु आउने क्रम जारी रहेको नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले बताए । पाण्डेले भने, ‘पुराना नेतादेखि जेनजीसम्मका व्यक्तिहरुले विशेष महाधिवेशनको पक्षमा विचार राख्नुहुन्छ ।’
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ ।
कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
















महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया