प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो समुदायका अगुवाले आपत्ति जनाएका छन्। देशमा सामाजिक सद्भाव र भाइचारा खल्बल्याउने प्रकृतिको भएकाले निन्दनीय र पदको मर्यादाविपरीत भएको भन्दै आपत्ति जनाएका छन्।
‘मुलमानको प्रवृत्ति व्यवहार हेर्छौ। त्यो व्यवहार अन्यायपूर्ण देखिन्छ। जिउँदै लगेर महिलालाई गाँड्ने गरेको देखिन्छ। कतिपय देशमा महिलालाई पढ्न नदिने अहिले पनि छ’, एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘…मसुसलमानले सात वर्षको बच्चाको विवाह गर्ने अरु कुरालाई संर्कीण बनाउँदै बनाउँदै लगे।’डा. अबुल हुसेन अन्सारीले सूचना सार्वजनिक गर्दै यस्तो गैर–जिम्मेवार अभिव्यक्तिप्रति समग्र मुस्लिम समुदायले गम्भीर खेद गरेका हुन्।
उनले अमर्यादित गतिविधिविरुद्ध समुदायको संयुक्त रूपमा छलफल तथा भेला आयोजना गरिएको भन्दै उपस्थित हुन सम्पूर्ण मुस्लिम समुदायका दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेका छन्।मुस्लिम समुदायले कार्की ब्याङक्वेट बबरमहलमा दिउँसो २ बजे प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध कार्यक्रम गर्न लागेकोसमेत उनले जानकारी दिएका छन्।









रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया