कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आज भारतीय ठूलो गोलभेँडाको अधिकतम मूल्य प्रति किलोग्राम १३० रुपैयाँ तोकिएको छ भने सानो टनेल, भारतीय र तराई गोलभेँडाको अधिकतम मूल्य १३० रुपैयाँसम्म पुगेको छ। गोलभेडा सानो लोकलको भने ११० रुपैयाँ छ ।
यसैगरी रातो आलु ६० रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ४२ रुपैयाँ प्रतिकिलो रहेको छ।
प्याजको अधिकतम मूल्य आज ३५ रुपैयाँ तोकिएको छ भने गाजर (लोकल) १५० रुपैयाँ र तराई गाजर १३० रुपैयाँ तोकिएको छ। बन्दा (लोकल) ८० रुपैयाँ र तराई बन्दा ७० रुपैयाँसम्म पुगेको छ। काउलीमा स्थानीय ज्यापु जात ७५ रुपैयाँ कायम हुँदा तराई र सामान्य काउली ६० रुपैयाँसम्म रहेको छ।
भन्टा लाम्चो ७० रुपैयाँ, डल्लो ७५ रुपैयाँमा रहेको छ भने बोडी (तने) १८० रुपैयाँ र घिउसिमी (लोकल) १७० रुपैयाँ पुगेको छ। तितो करेला १५० रुपैयाँ, परवर (लोकल) १०० रुपैयाँ र तराई परवर ११० रुपैयाँ तोकिएको छ। घिरौँला १३० रुपैयाँ, फर्सी हरियो लाम्चो ८० रुपैयाँ र सलगम १२० रुपैयाँ कायम भएको समितिले जनाएको छ।
भिण्डी १०० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, पिँडालु ९० रुपैयाँ र रायो साग ७० रुपैयाँ कायम भएको छ । यसैगरी डल्ले च्याउ ४०० रुपैयाँ, कन्य च्याउ २४० रुपैयाँ र सिताके च्याउ ९०० रुपैयाँसम्म पुगेको छ। कुरिलो आजको सूचीमा सबैभन्दा महँगो वस्तुमध्ये रहेको छ, जसको अधिकतम मूल्य १,२०० रुपैयाँ तोकिएको छ। जिरीको साग ६०० रुपैयाँ हुँदा सेलरी ३२० रुपैयाँ र पार्सले ७५० रुपैयाँमा तोकिएको छ।
फलफूलतर्फ स्याउ (फूजी) ३२० रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, कागती १२० रुपैयाँ, अनार ४०० रुपैयाँ र सुन्तला नेपाली १२० रुपैयाँ रहेको छ। किवी २५० रुपैयाँ, शरीफा २०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ, स्ट्रबेरी ५५० रुपैयाँ र नासपाती (चाइनिज) २२० रुपैयाँ रहेको छ । केराको थोक मूल्य प्रति दर्जन १४० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया