पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा
मेरोन्यूज
२०८२ मंसिर ११ गते १७:१८

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत पाटनको आदेश अनुसार महराले २० लाख नगद धरौटी बुझाएका हुन् । नक्कली भेप सुन प्रकरणमा पक्राउ परेका महरा काठमाडौं जिल्ला अदालतको पुर्पक्षमा पठाउने आदेशबाट थुनामा थिए ।
उनलाई गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो। ०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोट (भेप) मा सुन ल्याएको पाइएको थियो। उक्त घटनामा अनुसन्धान हुँदै जाँदा महरा पनि तानिएका थिए।
सम्बन्धित
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया