कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी । कैलालीमा १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार पक्राउ परेका हुन् ।
बिहीबार बेलुका शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा धनगढी–११ बेलाका २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको साथबाट ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी तथा अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै, गोदावरी नगरपालिका–२ को अत्तरिया बजार क्षेत्रमा शंकास्पद रूपमा हिँडिरहेका बझाङको जयपृथ्वी नगरपालिका–१० का २२ वर्षीय बिशाल सिंह र सोही ठाउँका २० वर्षीय घर्मेन्द्र सुनारलाई पनि पक्राउ गरिएको छ । उनीहरूको साथबाट ७ ग्राम ६८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।









श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु, कयौं बेपत्ता
टस जितेर काठमाडौँविरुद्ध बलिङमा चितवन
२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
कैलालीमा खैरो हेरोइनसहित ४ जना पक्राउ
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया