सोमबार, मंसिर १५, २०८२

एसिसी यू–१९ प्रिमियर कप

फाइनलमा हार्‍याे नेपाल, युएईले जित्यो उपाधि

मेरोन्यूज २०८२ मंसिर १५ गते १७:४४

काठमाडाैं । एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपविजेतामा सीमित बनेको छ।

सोमबार भएको फाइनलमा नेपाली युवा टोलीलाई २७ रनले पराजित गर्दै यूएईले प्रिमियर कपको उपाधि उचालेको हो।

यूएईले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको नेपाली युवा टोली ३३.२ ओभरमा १ सय २० रनमा अलआउट भयो।

फाइनलमा पराजित भएपछि नेपाल एसिया कपमा भने छनोट भइसकेको छ।

प्रतिक्रिया