इरानको सीमामा सुरक्षाकर्मीले गोली चलाउँदा १० जना अफगानीको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर १६ गते १९:१९

पश्चिमी अफगानिस्तानको फराह प्रान्तको इरानी सीमामा सुरक्षाकर्मीले अफगान नागरिक माथि गोली चलाउँदा १० जना अफगान नागरिकहरूको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रान्तीय प्रहरी प्रवक्ता मावलवी मोहम्मद नासिम बद्रीले विज्ञप्ति मार्फत फराह प्रान्तका अफगान बासिन्दाहरू इरानमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा इरानी सीमाका खटिएका सुरक्षाकर्मीहरुले गोली चलाए पछि उनीहरूको घटना स्थलमै मृत्यु भएको बताएका छन् ।
इरानले यस बर्ष मात्र हजारौँ अफगानहरूलाई निष्कासन गर्दै कानुन बमोजिम कागजातहरू बिना देशमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई देश छोड्न आग्रह गरेको छ । यसको बाबजुद, पनि धेरै अफगानहरू बेरोजगारी र गरिबीबाट बच्न दैनिक आफ्नो मातृ भूमि छोडेर इरान लगायत अन्य देशमा जाने गरेको जनाइएको छ ।
सम्बन्धित

















एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीन वटै तहका सरकारले बजेट छुट्याउनुपर्ने
एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया