अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिले आज भृकुटीमण्ड परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गमैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो । अपाङ्गता भएका व्यक्तिको सहयोगी निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने उनले विश्वास व्यक्त गरे।
“यसअघि राजनीतिक दलका नेताले गर्छु भने गरेनन् तर, म गर्छु भन्दैन । गरिसकेपछि गरेँ है भनेर भनौँला । हाम्रो देशमा गर्छु भन्ने रोग छ”, मन्त्री खरेलले भने ।
सञ्चारमन्त्री खरेलले सरकारकोतर्फबाट निर्देशिका कार्यान्वयनमा ल्याउने र कम्तिमा सानो रूपमा भए पनि गम्भीर रूपमा अपाङ्गता भएका नेपाली दाजुभाई दिदीबहिनीका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट परे । उनले सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदको अन्त्य गर्न सरकार प्रतिवद्धताका साथ लाग्ने बताए ।
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिको साथमा रहेको जानकारी गराइसक्नुभएकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताए । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयलाई कसरी अपाङ्गमैत्री बनाउन सकिन्छ, नीतिगत र संरचनागतरूपमा कार्यान्वयन गर्न मन्त्रालय सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।









अपाङ्गता भएका व्यक्तिको अधिकार र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल
भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया