बुधबार, मंसिर १७, २०८२

सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा

मेरोन्यूज २०८२ मंसिर १७ गते १५:०४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा दिएकाे अन्तरवार्ताकाे क्रममा महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने- नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ’ महामन्त्री थापाले भनेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया