नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध ओपनर डीआर्सी सर्टको अर्धशतकमा लुम्बिनी लायन्सले ५ विकेटको जित निकालेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।यो विराटनगरको दोस्रो हार हो । यसअघिका पाँच खेलमा विराटनगरले चितवन राइनोजसँग मात्रै हारेको थियो । कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज र पोखरासँग जित निकालेको थियो ।
लुम्बिनी लायन्सको यो तेस्रो जित हो । यसअघिका पाँच खेलमा लुम्बिनीले पोखरा एभेन्जर्स र चितवन राइनोजलाई जितेको थियो । सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र कर्णाली याक्ससँग हारेको थियो ।
यस जितमा लुम्बिनीका ओपनर डीआर्सी सर्टको ब्याटिङ निर्णायक बन्यो । उनले सिजनको व्यक्तिगत अर्धशतक प्रहार गर्दै ४४ बलमा ५७ रन जोडे । उनले ६ चौका र २ छक्का प्रहार गरे । उनी १३ ओभरको दोस्रो बलसम्म क्रिजमा टिके ।
















विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया