महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी

झापा । झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
कोशी प्रदेश भलिबल सङ्घलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको ‘बी’ समूह चरणको आफ्नो अन्तिम खेल जितेर पुलिस क्लब अन्तिम चारमा पुगेको हो । पुलिस क्लब ‘बी’ समूहको विजेता भएको छ ।
पुलिस क्लबले १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा कोशी प्रदेश भलिबल सङ्घलाई जितेको थियो । अब कोशी भलिबल सङ्घको टोली प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको थियो ।
शनिबार दुई सेमिफाइनल
प्रतियोगितामा शनिबार दुईवटै सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यू डायमन्डबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता पुलिस क्लब र समूह ‘ए’ उपविजेता त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
















President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया