महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी

झापा । झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।
कोशी प्रदेश भलिबल सङ्घलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएर सेमिफाइनलमा प्रवेश गरेको हो । आज भएको ‘बी’ समूह चरणको आफ्नो अन्तिम खेल जितेर पुलिस क्लब अन्तिम चारमा पुगेको हो । पुलिस क्लब ‘बी’ समूहको विजेता भएको छ ।
पुलिस क्लबले १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा कोशी प्रदेश भलिबल सङ्घलाई जितेको थियो । अब कोशी भलिबल सङ्घको टोली प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी आशिका क्षेत्री भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरिएको थियो ।
शनिबार दुई सेमिफाइनल
प्रतियोगितामा शनिबार दुईवटै सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यू डायमन्डबीच हुनेछ । त्यस्तै, अन्तिम सेमिफाइनल खेलमा समूह ‘बी’को विजेता पुलिस क्लब र समूह ‘ए’ उपविजेता त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, दोस्रोले रु एक लाख र तेस्रो हुने टोलीले समान रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।









दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
प्रतिक्रिया