जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर

काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा स्थान बनाएको हो ।
लुम्बिनीको जितपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने झिनो सम्भावना सकिएको छ । कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ । यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ ।अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।
जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।त्यसपछि रोहितले विकेटकिपर निरोशन डिकवेलासँग मिलेर इनिङ्स अगाडि बढाउका थिए । तर १२औं ओभरमा लुम्बिनीले लगातार दुई विकेट गुमायो । जनकपुरका मयन यादवले १२औं ओभरको पाँचौ बलमा रोहित र छैटौं बलमा सन्दिप जोरालाई एलबीडब्लु धरापमा पारेपछि खेल रोमाञ्चक बनेको थियो ।
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया