जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर

काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ ।शुक्रबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफमा स्थान बनाएको हो ।
लुम्बिनीको जितपछि प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लागेको छ भने जनकपुरसँगै पोखरा एभेन्जर्स र चितवन राइनोजको पनि प्लेअफ पुग्ने झिनो सम्भावना सकिएको छ । कर्णाली याक्स यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको छ ।
यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिम बाहेक बाँकी तीन टिमले पहिलो पटक एनपीएलमा प्लेअफमा स्थान पक्का गरेका हुन् ।
सुदूरपश्चिमले पहिलो क्वालिफायर खेल्ने पक्का छ । यस्तै लुम्बिनीले पनि एलिमिनेटर खेल्नेछ ।अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरको खेलपछि लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।
जनकपुर बोल्ट्सले दिएको १३३ रनको लक्ष्य लुम्बिनी लायन्सले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।त्यसपछि रोहितले विकेटकिपर निरोशन डिकवेलासँग मिलेर इनिङ्स अगाडि बढाउका थिए । तर १२औं ओभरमा लुम्बिनीले लगातार दुई विकेट गुमायो । जनकपुरका मयन यादवले १२औं ओभरको पाँचौ बलमा रोहित र छैटौं बलमा सन्दिप जोरालाई एलबीडब्लु धरापमा पारेपछि खेल रोमाञ्चक बनेको थियो ।









चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो,एक जना घाइते
एमालेको ‘नवयुग’ ई–बुलेटिन शुभारम्भ
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
प्रतिक्रिया