सिद्धार्थ बैंकको भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल सेवाहरूलाई अझै सक्षम र पहुँचयोग्य बनाउने उद्देश्यका साथ ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ।
बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सेवा शुरू गरेको हो। उक्त सेवा नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको अवसरमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो।
यो भर्चुअल कार्ड सञ्चालनमा आएपछि ग्राहकले अब भौतिक (प्लास्टिक) कार्ड बोक्नुपर्ने बाध्यता हटेको छ । ग्राहकले यो कार्डमार्फत १८ लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा मोबाइलबाटै स्क्यान गरी छिटो र सुरक्षित भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहकले ‘बैंकस्मार्ट एक्सपी’ (BankSmartXP) मोबाइल एपमार्फत नै कार्डका लागि आवेदन दिन, प्राप्त गर्न र तुरुन्तै सक्रिय गर्न सक्नेछन् । साथै, एपमार्फत नै कारोबारको सीमा व्यवस्थापन, कार्ड लक वा अनलक गर्ने तथा स्टेटमेन्ट हेर्ने जस्ता सुविधा चौबिसै घण्टा उपलब्ध हुनेछ ।
कार्ड सार्वजनिक गरिएको विशेष अवसरमा बैंकले क्यासब्याक अफर समेत ल्याएको छ । आजदेखि आगामी ७ जनवरीसम्म यो कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत (अधिकतम ७५० रुपैयाँसम्म) क्यासब्याक प्राप्त हुनेछ । उक्त क्यासब्याक रकमले कार्डको सदस्यता शुल्क समायोजन गर्न सकिने बैंकले जनाएको छ ।
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया