नवनियुक्त दुई मन्त्रीको शपथग्रहण
मेरोन्यूज
२०७८ जेठ ३ गते १७:१३

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन् ।
नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा ९ र धारा १७० को उपधारा १ बमोजिम आइतबार साँझ मन्त्री नियुक्त गरेको थियो ।
आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गरेका छन् । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हालेका छन् । रासस
सम्बन्धित










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया