झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी। झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।
जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९-८० मा १७ जना, २०८०-८१ मा २३ जना र आव २०८१-८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए ।
‘उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ’, उनले भने, ‘तर, मृत्युदर भने बढेको छ ।’
चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् ।
झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । जिल्लामा कूल एचआइभी सङ्क्रमितमध्ये १८ वर्षमुनिका ३० जना बालबालिका रहेको फोकल पर्सन दासले बताए।
स्वास्थ्य कार्यालय झापा र लवकुश आश्रमद्वारा १८ वर्ष मुनिका सङ्क्रमित बालबालिकाका लागि प्रतिमहिना एक-एक हजारको दरले सहयोग प्राप्त भइरहेको छ । नयाँ सचेतना समूह भद्रपुरमा रहेकोमा ३० जना सबै बालबालिकाले एआरटी सेवा लिँदै आइरहेका छन् ।
झापामा आव २०७९-८० मा नयाँ ७० जना र पुरानो गरी ६६३ जना, आव २०८०-८१ मा नयाँ ७४ जना र पुरानो गरी ७५० जना र आव २०८१-८२ मा नयाँ ५६ जना र पुरानो ७८४ जना एचआइभी सङ्क्रमित उपचाररत रहेको कार्यालयको तथ्यांक छ ।









यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया