एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।
विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए ।
बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।









यस्तो छ सरकार-जेनजी सम्झौता (पूर्णपाठ)
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
खैरो हिरोइनसहित आठ जना पक्राउ
मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
प्रतिक्रिया