पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण हुँदा ६ सैनिकको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार आतङ्ककारीहरूले सुरक्षा फौज माथि आक्रमण गर्दा छ जना सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएको सुरक्षा स्रोतले मङ्गलबार जनाएका छन् ।
स्थानीय समय अनुसार सोमबार दिउसो करिब १ः३०मा आतङ्ककारीहरूले कुर्रम जिल्लामा सेनाका जवानहरूमाथि गोली चलाएर आक्रमण गरेको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।
आक्रमणको प्रतिक्रीय स्वरुप सुरक्षा बलहरूले गोली चलाउदा बेलुका ७ः५० बजे सम्म निरन्तर आक्रमण जारी रहेको स्रोतले जनाएको छ ।
तिव्र झडप र अँध्यारोका कारण घटना स्थलबाट मृतक सैन्य कर्मचारीहरूको शव अहिलेसम्म बरामद हुन नसकेको जनाइएको छ ।
झडपमा घाइते भएका छ जना कर्मचारीहरूलाई सुरक्षित रूपमा उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।
स्रोतहरूका अनुसार दुई दलहरू तैनाथ सैनिकहरूलाई समर्थन गर्न पठाइएको अवस्थामा संदिग्ध उग्रवादी समुहले उक्त स्थानहरूमा आक्रमण गरी गोली चलाइएको थियो ।
प्रारम्भिक प्रतिवेदनले झडपमा दुई जना आतङ्कवादी मारिएको र अन्य दुई जना घाइते भएको जनाएको भएता पनि अहिलेसम्म कुनै शव वा घाइते आतङ्कवादीहरू फेला नपरेको स्रोतले जनाएका छन् ।
















पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया