एमाले ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि गोरखाबाट प्रेम बहादुर गुरुङ भिड्दै

काठमाडौं । मंसीर २७ गते (आजबाट) सुरु हुने ११ औँ महाधिवेशनका लागि गोरखा २ बाट प्रेम बहादुर गुरुङ केन्द्रीय सदस्यमा भिड्दैछन् ।
गोरखा, सिरानचोक–७ का प्रेम बहादुर गुरुङ अनुभवी, समर्पित र सिद्धान्तमा अडिग नेताका रुपमा चिनिन्छन् । साधारण गाउँमा जन्मिएका उनले २०४२ सालमै विद्यार्थी राजनीति थालनी गरेका थिए । ठाकुरराम बहुमुखी क्याम्पसमार्फत अखिल विद्यार्थी युनियनमा जोडिएका थिए ।
उनले संगठन विस्तार र बिभिन्न आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए । २०४९ सालदेखी उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा पूर्णकालीन कार्यकर्ता बनेका थिए । त्यसपछि गुरुङ निरन्तर गण्डकी अञ्चललाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर संगठन निर्माणमा होमिएका थिए ।
माओवादी द्वन्द्वमा उनलाई राज्य पक्षले पक्राउ परी शारीरिक र मानसिक यातना दिएको थियो । यस्तै माओवादी पक्षबाट पनि मानसिक, तथा शारीरिक दवाब झेलेका थिए । जेल जीवन पनि भोगेका गुरुङले पार्टी संगठन विस्तारमा निरन्तरता दिएका थिए ।
११ औँ महाधिबेशनबाट एमाले केन्द्रीय सदस्यमा जितेमा उनले जिल्लामा पार्टीको विचार निर्माण र संगठन निर्माणमा केन्द्रीत रहने बताएका छन् ।
नेकपा एमालेको ११ औं महाधिबेशनका लागि गोरखाबाट महाधिवेसन प्रतिनिधि नौ जना छनौट भएका छन् । मंसिर २७ देखी काठमाडौंमा सुरु हुने महाधिवेसन २९ गते सम्म चल्नेछ । केन्द्रीय महाधिबेसनका लागि गोरखाबाट नौ जना महाधिवेसन प्रनिनिधि छनौट भएका छन् ।
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया