पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत

काठमाडौं । नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर ११ औं महाधिवेशनमा जाने निर्णय गरेको हो।
केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहासचिव ३, सचिव ९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको छ। यद्यपि अब वरिष्ठ उपाध्यक्ष पद भने राखिएकाे छैन ।
साथै पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ।
बैठकमा ओलीले उक्त विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि भदौमा सम्पन्न भएको विधान महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव एक, उपमहासचिव ३ र सचिव सातसहित १५ सदस्य रहेको पदाधिकारी बनाउनेगरि विधान संशोधन गरेको थियो । यस्तै २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरिएको थियो ।










यस्तो छ आजका लागि कृषि उपजको मूल्य
यस्तो छ आजको मौसम पूर्वानुमान
धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि
एमाले महाधिवेशनको मतदान सकियो: खस्यो २२२७ मत, ३६ अनुपस्थित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया