राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था बमोजिम बोर्डले उनलाई आज सदस्य सचिव पदमा नियुक्त गरेको हो ।
विगत २५ वर्षदेखि कोषको सेवामा निरन्तर कार्यरत डा सुवेदी यसअघि कोषको वरिष्ठ निर्देशक पदको जिम्मेवारीमा हुनुहन्थ्यो । पदीय जिम्मेवारीका क्रममा डा सुवेदीले नेपालको प्रकृति संरक्षण र जैविक विविधताको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका थिए ।
उनकै पहल र सक्रियतामा नेपाल सरकारले ललितपुरस्थित सदर चिडियाखानाको व्यवस्थापन आगामी ३० वर्षका लागि पुनः राष्ट्रिय प्रकृति संरक्षण कोषलाई नै जिम्मा दिने निर्णय गरेको थियो । यसका साथै, उनको नेतृत्वदायी क्षमता र अन्तरराष्ट्रिय समन्वयका कारण विभिन्न दातृ निकायबाट संरक्षण केन्द्रित दुई सय भन्दाबढी परियोजनाहरू कोषमा भित्रिएका छन् ।
यसैगरी प्राज्ञिक र अनुसन्धानको क्षेत्रमासमेत डा सुवेदीको उपस्थिति प्रभावशाली रहेको कोषले जनाएको छ । उनका हालसम्म करिब दुई सय भन्दाबढी उच्चस्तरीय अनुसन्धानमूलक कृतिहरू प्रकाशित भइसकेका छन् भने दई दर्जनभन्दा बढी शोधकर्तालाई विद्यावारीधि (पिएचडी) तहमा मार्गदर्शन गरेका छन् ।
संरक्षण विज्ञान र व्यवस्थापनमा दख्खल राख्ने डा सुवेदीको कार्यकालमा प्रकृति संरक्षण, वन्यजन्तु व्यवस्थापन र जलवायु अनुकूलनका क्षेत्रमा थप नवीन र रणनीतिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।










देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ
मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया