अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीन कार्ड चिट्ठा कार्यक्रम (डीभी लटरी) स्थगित गरेको घोषणा गरेका छन् ।
अमेरिकामा धेरै बसोबास नभएका देशका नागरिकहरुलाई स्थायी बसोबासका लागि आवेदन दिन अनुमति दिने डीभी लटरी अस्थायी रूपमा बन्द गरिएको हो ।
ट्रम्प प्रशासनले सन् २०२७ को डिभी लटरी प्रवेश प्रक्रियामा परिवर्तन गर्ने बताएको एक महिनापछि यो घोषणा आएको हो । होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोमले यो निर्णय ट्रम्पको निर्देशनमा लिइएको र अमेरिकी नागरिकता तथा आप्रवासन सेवा कार्यक्रम रोक्न भनिएको दी गार्डियन अनलाइनमा संस्करणमा उल्लेख छ ।
यो कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत् प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ ।
यँही कार्यक्रममार्फत कयौं नेपाली अमेरिका पुगेका छन् । तर आगामी वर्षका लागि यो कार्यक्रम बन्द हुने भएपछि नेपाली पनि प्रभावित हुने छन् ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया