रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा हालसम्म चार वटा अदालतमा गरी जम्मा ५ करोड २७ लाख रुपैयाँ धरौटी बुझाइसकेकाे तथ्याङ्कले देखाएको छ ।
रवि लामिछानेले कास्की अदालतमा सूर्यदर्शन सहकारीकाे घाेटाला प्रकरणमा ६५ लाख रुपैयाँ, काठमाडौँमा स्वर्णलक्ष्मी सहकारी घाेटाला प्रकरणमा ६० लाख रुपैयाँ, चितवन अदालतमा सहारा सहकारी घाेटला प्रकरणकाे ५४ लाख रुपैयाँ र शुक्रबारमात्रै उच्च अदालत, बुटवलमा सुप्रिम सहकारीको ठगि प्रकरणमा ३ करोड ४८ लाख रुपैयाँ धराैटी बुझाएका छन् ।
यी सबै रकम जाेड्दा उनले बुझाएको धराैटी रकममात्रै ५ कराेड २७ लाख हुन आउँछ ।पर्सा जिल्ला अदालतमा पनि उनी विरुद्ध सहकारी ठगीकाे मुद्दा चलिरहेको छ ।
लामिछानेले बुझाएको ठुलाे रकमकाे स्राेतबारे सर्वसाधारणदेखि नेतासम्मले प्रश्न गर्न थालेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटी बुझाउने २ करोडको स्रोत खुलाउन शुक्रबार आग्रह गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई अदालतमा बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका हुन् । उनले भनेका छन्-‘बुझाइने २ करोडको स्रोत खुलाउनु होला! जय सुशासन!’
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया