आइतबार, पुष ६, २०८२

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

मेरोन्यूज २०८२ पुष ५ गते १४:३६

काठमाडाैँ । नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला सुरु भएको छ । काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा यो समूहको भेला अहिले सुरु भएको हो ।

 हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका थिए । साे समूहका पदाधिकारीका अन्य सबै उम्मेदवार भने हारेका थिए ।

जारी भेलामा पाेखरेलसहित महासचिवमा पराजित सुरेन्द्र पाण्डे, पूर्वउपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिवमा विजयी याेगेश भट्टराई, सचिवमा पराजित उम्मेदवार कर्णबहादुर थापा, गाेकुल बास्काेटालगायत छन् ।

प्रतिक्रिया