सोमबार, पुष ७, २०८२

आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्‍यो चेतावनी

मेरोन्यूज २०८२ पुष ६ गते ९:५०

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको र यतिबेला (आइतबार बिहान) देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई तथा उपत्यका क्षेत्रमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसाे  देशभर आंशिक बदली रहने छ भने तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

यस्तै  राति पनि देशभर आंशिक बदली रहने छ र तराईमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

मौसम महाशाखाले तराईमा तापक्रम हल्का घट्ने तथा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने भनी चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

प्रतिक्रिया