शुक्रबार, वैशाख ११, २०८३

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

मेरोन्यूज २०८२ पुष ६ गते १०:०८

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।

Advertisement
NiccNicc

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए। उनी सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी हुन्।

पाँचौँ तलामाथिबाट भुईँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर उपचारकै क्रममा आइतबार बिहानै उनको मृत्यु भएको थियाे ।

यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया