एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी

केलियन एमबाप्पेले रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी बराबरी गरेको खेलमा सेभिल्लामाथि जित निकालेको छ। स्पेनिस लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेभिल्लालाई १–० को गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियललाई जित दिलाएका थिए। एमबाप्पेको गोलसँगै रियलका लागि रोनाल्डोले एक वर्षमा गरेको ५९ गोलको कीर्तिमानी बराबरी गरेका हुन्। एमबाप्पेले सन् २०१३ को रोनाल्डोको कीर्तिमानी बराबरी गरेका हुन्।
रियलको जितमा जुड बेलिंगघमले खेलको ३८ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६८ औँ मिनेटमा सेभिल्ला १० खेलाडीमा समेटिएको थियो। मार्काओले दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा समेटिएको थियो।
खेलको ८६ औँ मिनेटमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। रोड्रिगोलाई जुआनलु सान्चेजले फाउल गरेपछि रियलले पेनाल्टीको मौका पाएको थियो। जुन अवसरलाई एमबाप्पले खेर जान दिएनन् र पेनाल्टीमा गोल गरे।
















भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
बिक्री हुने वस्तुमा ‘मूल्य’ र ‘लेबल’ अनिवार्य राख्नुपर्ने
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया