एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी

केलियन एमबाप्पेले रियल मड्रिडका लागि क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी बराबरी गरेको खेलमा सेभिल्लामाथि जित निकालेको छ। स्पेनिस लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियलले सेभिल्लालाई १–० को गोल अन्तरले पराजित गरेको हो।
रियलको जितमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियललाई जित दिलाएका थिए। एमबाप्पेको गोलसँगै रियलका लागि रोनाल्डोले एक वर्षमा गरेको ५९ गोलको कीर्तिमानी बराबरी गरेका हुन्। एमबाप्पेले सन् २०१३ को रोनाल्डोको कीर्तिमानी बराबरी गरेका हुन्।
रियलको जितमा जुड बेलिंगघमले खेलको ३८ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६८ औँ मिनेटमा सेभिल्ला १० खेलाडीमा समेटिएको थियो। मार्काओले दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि सेभिल्ला १० खेलाडीमा समेटिएको थियो।
खेलको ८६ औँ मिनेटमा एमबाप्पले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। रोड्रिगोलाई जुआनलु सान्चेजले फाउल गरेपछि रियलले पेनाल्टीको मौका पाएको थियो। जुन अवसरलाई एमबाप्पले खेर जान दिएनन् र पेनाल्टीमा गोल गरे।











राप्रपाको जनजागरणसभा पुस १२ गते झापामा हुने
नेप्सेमा सामान्य अंकको सुधार
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया