यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि

भारतीय युवा टोलीलाई पराजित गर्दै पाकिस्तानले यू-१९ एसिया कपको उपाधि उचालेको छ। आइतबार भएको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
पाकिस्तानले दिएको ३ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १ सय ५६ रनमै समेटियो।
भारतका लागि दीपेश देवेन्द्रनले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। ओपनर वैभव सूर्यवंशीले २६, खिलान पटेलले १९, आरोन भार्गेसले १६ र अभिज्ञान कुन्डुले १३ रन जोडे।
भारतलाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि अली राजाले ४ विकेट लिए। मोहम्मद संय्याम, अब्दुल सुभान र हुजैफा हसनले समान २-२ विकेट लिए।
यसअघि युएईको आईसीसी एकेडेमीमा भारतीय युवा टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको विशाल योगफल तयार पारेको थियो।
पाकिस्तानका लागि ओपनर समिर मिन्हासले सर्वाधिक १ सय ७२ रनको योगदान दिए। उनले १ सय १३ बलमा १७ चौका र ९ छक्का प्रहार गरे।
अहमद हुसैनले ५६ रन जोडे। उस्मान खानले ३५, कप्तान फरहान युसुफले १९ र हम्जा जाहुरले १८ रन बनाए।
भारतका लागि दिपेशले ३ विकेट लिए भने हेनिल पटेल, खिलान पटेल र कनिष्क चौहानले समान १-१ विकेट लिए।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया