अपहरणमा परे १८ कोलम्बियाली सैनिक

इएलएन छापामार समूह विरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई अपहरण गरिएको रक्षामन्त्री पेड्रो सान्चेजले बताएका छन् ।
पनामाको सीमा नजिकै देशको उत्तरपश्चिममा रहेको चोको विभागमा सैनिकहरूलाई “लगभग २०० जनाले घेरी उनीहरूको इच्छा विपरीत जबरजस्ती आदिवासी आरक्षणमा सारिएको सान्चेजले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।
सन् १९६४ मा स्थापित र क्युबाली क्रान्तिबाट प्रेरित, इएलएन, वा राष्ट्रिय मुक्ति सेना, अमेरिकाको सबैभन्दा पुरानो जीवित छापामार समूह हो ।
समूहले कोलम्बियाका प्रमुख लागु औषध उत्पादन गर्ने क्षेत्रहरू नियन्त्रण गर्दछ, जुन पछिल्लो समयमा सबै भन्दा खराब सुरक्षा सङ्कटसँग जुझिरहेको जनाइएको छ ।
रक्षामन्त्रीले सेनाको अपहरणको निन्दा गर्दै सैन्य कारबाहीमा प्रतिबन्धले स्थानीय समुदायलाई “गम्भीर जोखिममा“ पारेको बताएका छन् ।
अपरेसनहरूको उद्देश्य नागरिक र विशेष गरी आदिवासी समुदाय –नाबालिगहरूको भर्ती, जबरजस्ती विस्थापन र हिंसासँग सम्बन्धित अन्य कार्यहरूको खतराहरूबाट जोगाउनु रहेको सान्चेजले उल्लेख गरेका छन् ।
“सैनिकहरूलाई अपहरण गरेर वा राज्यलाई कमजोर पार्दै शान्ति निर्माण नहुने उहाँले बताउनु भएको छ ।
सान्चेजले आन्तरिक मन्त्रालय, सरकार र मानव अधिकार संस्थाहरूलाई सैनिकहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरेको बताएका छन्।
महान्यायाधिवक्ताको कार्यालयमा आपराधिक उजुरी पनि दर्ता गरिएको छ ।
चोकोकी गभर्नर नुबिया कोर्डोबाले “कानुनी कर्तव्य पालन गरिरहेका १८ जना सैनिकलाई हिरासतमा लिएपछि“ उनीहरूको रिहाइका लागि सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको जनाइएको छ ।
गत सेप्टेम्बरमा, ७२ जना सैनिकहरूलाई मिके क्यानियनमा सयौं बासिन्दाहरूले हिरासतमा लिएका थिए, ।
एक महिना अघि, ३३ जना वर्दीधारी कर्मचारीहरूलाई ग्वाभियरको विभागमा तीन दिन सम्म बन्दि बनाएर रिहा गरिएको थियो ।
















अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया