बिहीबार, वैशाख १७, २०८३

रवि लामिछाने र बालेनबीच भेटवार्ता

मेरोन्यूज २०८२ पुष ७ गते २०:४८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।

Advertisement
NiccNicc

दुई नेताबीच सोमबार भेटवार्ता भएको हाे । भेटमा रास्वपा उपसभापति डिपी अर्याल सहभागी थिए । उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितीबारे छलफल भएकाे हाे ।

शुक्रबार कारागारबाट निस्किएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्। 

उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए।

सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएपछि रवि र बालेन्द्रबीचको यो पहिलो भेट हो।

प्रतिक्रिया