रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको नाम पर्सा क्षेत्र नम्बर ३ बाट पनि सिफारिस भएको छ ।

यसअघिनै प्रत्यक्ष तर्फ मिश्रको नाम काठमाडौं क्षेत्र नम्बर १ बाट पनि सिफारिसमा परेको छ । यस क्षेत्रबाट उनको नाम सिफारिस भएपनि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।
पर्सा क्षेत्र नम्बर ३ बाट मिश्रसहित ५ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको क्षेत्र नम्बर ३ का अध्यक्ष नरेन्द्रप्रसाद चौरिसयाले जानकारी दिए ।
प्रत्यक्षतर्फ मिश्रसहित अंगद ठाकुर, नगिनाकुमार यादव, नरेन्द्रप्रसाद चौरसिया र दिपेश साह सिफारिस भएका हुन् ।
समानुपातिक अन्तर्गत मधेशी महिला तर्फ भने प्रियंकाकुमारी यादव र गुडिया देवीको नाम सिफारिस भएको छ ।
यसैगरी समानुपातिक अन्तर्गत मधेशी पुरुषबाट चन्द्रिका सहनी, सुजित त्रिपाठी र मुकेश साहको नाम सिफारिस भएको छ ।
















विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया