बुधबार, पुष ९, २०८२

 रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार  सिफारिस

मेरोन्यूज २०८२ पुष ८ गते २०:०८

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको नाम पर्सा क्षेत्र नम्बर ३ बाट पनि  सिफारिस भएको छ ।

यसअघिनै प्रत्यक्ष तर्फ मिश्रको नाम काठमाडौं क्षेत्र नम्बर १ बाट पनि सिफारिसमा परेको छ । यस क्षेत्रबाट उनको नाम सिफारिस भएपनि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।

पर्सा क्षेत्र नम्बर ३ बाट मिश्रसहित ५ जनाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको क्षेत्र नम्बर ३ का अध्यक्ष नरेन्द्रप्रसाद चौरिसयाले जानकारी  दिए ।

प्रत्यक्षतर्फ मिश्रसहित अंगद ठाकुर, नगिनाकुमार यादव, नरेन्द्रप्रसाद चौरसिया र दिपेश साह सिफारिस भएका हुन् ।

समानुपातिक अन्तर्गत मधेशी महिला तर्फ भने प्रियंकाकुमारी यादव र गुडिया देवीको नाम सिफारिस भएको छ ।

यसैगरी समानुपातिक अन्तर्गत मधेशी पुरुषबाट चन्द्रिका सहनी, सुजित त्रिपाठी र मुकेश साहको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया