उद्योग वाणिज्य सङ्घद्वारा निःशुल्क कोभिड एम्बुलेन्स

जुम्ला । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना संक्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले संकमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताए ।
उनले भने, “निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ ।” संक्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष अलिमनियारले बताए । कोभिड एम्बुलेन्सको व्यवस्था गरेको विषयमा सङ्घले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई जानकारी गरेको अध्यक्ष मनियारले भने, “कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । सङ्घको हलमा आइसोलेशन बनाउने निर्णय पनि भएको छ ।
आइसोेलेशन कक्ष सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रहसमेत गरिएको उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ । देशमा दोस्रो लहरको कोरोना महामारीको समयमा सबैले सामूहिक भावनाका रुपमा काम गरे कोभिड– १९ को सामना गर्ने सकिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष मनियारले बताए । एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बरसमेत तोकिएको छ । उद्योग वाणिज्य सङ्घको ल्यान्डलाइन नं ०८७ स् ५२००३८ मा फो गर्न सकिनेछ ।
यसैगरी, ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नंमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ । सम्पर्क व्यक्तिका रुपमा उद्योग वाणिज्य सङ्घको कर्मचारी पारस उपाध्यायलाई उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ । प्रतिष्ठानको प्रवक्तामा डा. रमेश जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा. रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले डा. भट्टराईलाई प्रतिष्ठानको प्रवक्तामा नियुक्त गरेका हुन् । प्रतिष्ठानको महत्वपूर्ण पद मानिने प्रवक्ताको जिम्मेवारी पाएका डा. भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुन् ।
उनी ६ वर्षदेखि जुम्लामै रहेर सेवा पु¥याउँदै आएका छन् । बुटवल घर भएका युवा चिकित्सक डा. भट्टराई कर्णालीका दूरदराजमा हुने स्वास्थ्य शिविरहरुमा पनि सक्रिय रहँदै आएका छन् । नवनियुक्त प्रवक्ताको कार्यकाल चार वर्षको हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । रासस
















संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया